Logo
२३ भाद्र २०८१, आईतबार
(July 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै    


काठमाडौं। काठमाडाैंकाे कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाकाे नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ।

बालबालिका बेचबिखनमा संलग्न रहेका महतोकाे बारे समाचार प्रकाशित भएपछि कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्र धाउदै हारगुहार मागिरहेका थिए। तर अहिले महताेले प्रहरीदेखि पत्रकारसम्मलाइ मिलाइ सकेकाे छु अब कसैले केही गर्न सक्दैन भन्दै छाती फुलाएर हिडी रहेका छन्।

अनुसन्धान गरेर कानुनी कारबाही हुनुपर्नेमा प्रहरीले नै उल्टै संरक्षण गरे जस्ताे देखिनुले प्रहरीमाथि नै आशंका गर्नुपर्ने अवस्था सृजना भएकाे छ। आरोपित महताेले पनि प्रहरीले नै सामन्य हाे केही हुँदै भनेर भनेकाे बताउदै आएका छन्।

बालबालिका बेचबिखन गरेकाे आरोप लागेका महतोलाइ नेपाल प्रहरीले नै संरक्षण गर्ने गरेकाे उनकैकाे भनाइले पुष्टि गर्छ। नेपाल प्रहरीले पनि जिम्मेवार सञ्चार माध्याममा समाचार प्रकाशित भएपनि यस्ताे गम्भीर विषयमा चासाे नदिनुले प्रहरीमाथि पनि आशंका उब्जिनु स्भाविक जस्तै देखिएकाे छ।

यो आम नागरिकको चासोको विषय बनिसके पनि प्रहरीले कुनै अनुसन्धान अगाडि नबढाउनुले यस्ता अपराधिक गतिविधिमा संलग्न जाे काेही अपराधिकाे मनबल बढ्ने देखिन्छ।

यस्तै चासो युक्त अपराध पूर्ण कार्य दिनदहाडै हुनुले बालबालिका असुरक्षि रहेको एकजना अभिभावकले बताएका छन्। काठमाडौंमै दिनदहाडै बालबालिका बेचबिखन गर्नुले प्रहरी प्रशासनमाथि नै प्रश्न खडा भएको छ। र सञ्चार माध्याममा केही दिनदेखि लगातार समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउदा अभियुक्त महतो अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन्।

अहिलेसम्म महतोलाइ प्रहरीले पक्राउ नगर्नुले आशंका समेत उब्जाएको छ। यस्ता घटनाको प्रहरीले छिटो नियुनिकरण गर्नुपर्नेमा अहिलेसम्म अभियुक्तै फरार रहनुले प्रहरीकै मिलेमोतमा महतो फरार भएका त होइनन् भन्ने प्रश्न उब्जाएको छ।

समाचार प्रकाशित भएको यतिका दिनसम्म पनि आरोपित प्रहरीको अनुसन्धानमा नआउनुले शंका उत्पन भएकाे छ। जिम्मेवार सञ्चार माध्याममा समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउनुले प्रशासनमाथि सर्वसाधारणकाे विश्वास बढ्ने भन्दा पनि घट्ने देखिन्छ।

बालबालिकाको बेचबिखन गर्दै आएका महतोले गरीब किशोरीहरुलाई आर्थिक प्रलोभन दिंदै उनिहरुबाट जन्मिएका शिशुहरुलाई बिक्री गर्दै राज्यलाईनै चुनौती दिने गरेका छन्।

महतोले असाध्यै आर्थिक कमजोरी भएका किशोरी तथा महिलाबाट जन्मिएका बालबालिका बेचबिखन गरी भक्तपुरको सानो ठिमीमा भव्य आलिशान महल बनाएको स्रोतले जनाएको छ।

बालबालिका बेच्ने धन्दागरी रहेका मानव तस्करको नामले कलंकी चोकमा चिनिने रामसुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार “नव जन सेवा सुरक्षित गर्भपतन सेवा” नामक बालबालिका बेचबिखन गर्ने कारखाना बन्द गरेका छन्।

अझ उदेक लाग्ने कुरा के छ भने महतोका श्रीमती स्वास्थ सेवामा कार्यरत नर्स हुन भने रामसुन्दर आफु डाक्टर भएको बताउदै आएका छन्।त्यस्तै काठमाडौंको एक नाम चलेको हस्पिटलमा काम गर्दै आएकी उनी पैसा कमाउने महतोको अखडामा पुगेक‍ो बुझिन्छ।

अविवाहित उनी महतोको मायाजालका साथ झुट्टा आश्वासनमा फसी केहीवर्ष अगाडी मात्र विवाह बन्धनमा बाँधिएको महत‍ोकी श्रीमतीले बताएकी छिन्। हाल फरार रहेका रामसुन्दर दम्पतीले उनिहरुका विषयमा विभिन्न सञ्चार माध्यमा समाचार प्रकाशित भएपछि समाचार प्रकाशित गर्ने मिडियालाई फोन गर्दै आफू तराई रहेको बताउँदै आएपनि महतो काठमाडौं उपत्यकाको कुनै ठाउँमा लुकेर बसेको बुझिएको छ।

यतिमात्र नभई महतोले आफ्नो सम्बन्ध तराई मुलका केही नेताहरु सँग घनिष्ट रहेको भन्दै समाचार प्रकाशित गर्ने पत्रकारलाई ठाँउको ठाउँ ठिकपार्ने सम्मको धम्की दिन भ्याएका छन्।

तर राम सुन्दर महतोले गरेका यस्ता जघन्य अपराध जस्ता कार्यको नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरीरहेको बताईन्छ। शक्ति र सत्ताको आडमा गैरकानुनी एवम् मानव बेचबिखन गर्नेलाई कडा कार्वाही हुने नेपाल प्रहरीका प्रबक्ता डिआईजी दानबहादुर कार्कीले बताएका छन्।

विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि महतो सहपरिवार फरार छन्। यस्तै विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले समेत महतोको विषयमा चासो राखेको बुझिएको छ।

प्रकाशित मिति: Jul 18, 2024

प्रतिक्रिया दिनुहोस्