Logo
२३ भाद्र २०८१, आईतबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढ घण्टापछि चल्न थाल्यो चन्द्रागिरि केबलकार

२ साउन, काठमाडौं । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 17, 2024

प्रतिक्रिया दिनुहोस्