Logo
२३ भाद्र २०८१, आईतबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रागिरि केबलकार बीचमै रोकिँदा फसे यात्रु

काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्।

बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित

केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साढे २ बजे खबर भएपछि ९ नम्‍बर बाहिनी पशुपति बाहिनी मुख्यालय बलम्बुबाट १५ जनाको टोली खटिएको छ।

कति यात्रु छन् भन्ने खुलिसकेको छैन। ७-८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए।

प्रकाशित मिति: Jul 17, 2024

प्रतिक्रिया दिनुहोस्