Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।

पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए।

कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने  निर्णय गरेका छन्।

यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ।

उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै भने, ‘अस्‍थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको थियो। नयाँ गठबन्धन आएपछि अब स्थिरता हुनेछ।’

उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताए। अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा उनले प्रतिबद्धता जनाए।

मन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझ्नुपर्ने समेत बताएका छन्।

उनले पछिल्ला केही दिनमा जनतामा उत्साह भने देखिएको बताएका छन्। सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने बताएका छन्।

उनले भने, ‘लगानीकर्ताको आत्मविश्वास जगाउने गरी काम गर्छाैं।’

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्