Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“सुरक्षित गर्भपतन सेवा” नै बन्द गरेर रामसुन्दर महतो फरार

 

काठमाडौं। नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको पाइएको छ।

बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्र धाउदै हारगुहार मागि रहेका छन्।

बालबालिका बेचबिखन गर्ने महतोलाइ नेपाल प्रहरीले पनि व्यापक खोजी कार्य जारी राखेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

यो आम नागरिकको चासोको विषय बनेको छ। यस्तै चासो युक्त अपराध पूर्ण कार्य नेपालकै संघीय राजधानी काठमाडौंमै दिनदहाडै हुनुले बालबालिका असुरक्षि रहेको एक जना अभिभावकले बताएका छन्।

काठमाडौंमै दिनदहाडै बालबालिका बेचबिखन गर्नुले प्रहरी प्रशासनमाथि पनि प्रश्न खडा भएको छ। र सञ्चार माध्याममा केही दिनदेखि लगातार समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउदा अभियुक्त महतो अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन्।

अहिलेसम्म महतोलाइ प्रहरीले पक्राउ नगर्नुले आशंका समेत उब्जाएको छ। यस्ता घटनाको प्रहरीले छिटो नियुनिकरण गर्नुपर्नेमा अहिलेसम्म अभियुक्तै फरार रहनुले प्रहरीकै मिलेमोतमा महतो फरार भएका त होइनन् भन्ने प्रश्न उब्जाएको छ।

समाचार प्रकाशित भएको यतिका दिनसम्म पनि आरोपित प्रहरीको अनुसन्धानमा नआउनुले शंका उत्पन गरेको छ। यस्तो गम्भीर कुरामा समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउनुले के प्रशासनको यस्तै ढिला सुस्तिले सर्वसाधारणले के न्याय पाएका होलान त भन्ने प्रश्न उठ्नु स्वाभिक जस्तै भएको छ।

काठमाडौं  जिल्लाकै मुटु मानिने कलंकी चोकमै “नव जन सेवा सुरक्षित गर्भपतन सेवा”को नाममा बालबालिकाको बेचबिखन गर्दै आएका रामसुन्दर महतोले गरीब किशोरीहरुलाई आर्थिक प्रलोभन दिंदै उनिहरुबाट जन्मिएका शिशुहरुलाई बिक्री गर्दै राज्यलाईनै चुनौती दिएका छन्।

महतोले असाध्यै आर्थिक कमजोरी भएका किशोरी तथा महिलाबाट जन्मिएका बालबालिका बेचबिखन गरी भक्तपुरको सानो ठिमीमा भव्य आलिशान महल बनाएको स्रोतले जनाएको छ।

गरीब किशोरीहरुबाट जन्मिएका बच्चाहरूलाई बेचबिखन गर्दै महतोले मदिरा र युवतीहरूसँग झुम्ने गरेको समेत गर्ने गरेको खुलासा भएको छ।
बालबालिका बेच्ने धन्दागरी रहेका मानव तस्करको नामले कलंकी चोकमा चिनिने रामसुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार “नव जन सेवा सुरक्षित गर्भपतन सेवा” नामक बालबालिका बेचबिखन गर्ने कारखाना बन्द गरी हाल फरार भएका छन्।

अझ उदेक लाग्ने कुरा के छ भने महतोका श्रीमती स्वास्थ सेवामा कार्यरत नर्स हुन भने रामसुन्दर आफु डाक्टर भएको बताउदै आएका छन्।त्यस्तै काठमाडौंको एक नाम चलेको हस्पिटलमा काम गर्दै आएकी उनी पैसा कमाउने महतोको अखडामा पुगेक‍ो बुझिन्छ।

अविवाहित उनी महतोको मायाजालका साथ झुट्टा आश्वासनमा फसी केहीवर्ष अगाडी मात्र विवाह बन्धनमा बाँधिएको महत‍ोकी श्रीमतीले बताएकी छिन्।

हाल फरार रहेका रामसुन्दर दम्पतीले उनिहरुका विषयमा विभिन्न सञ्चार माध्यमा समाचार प्रकाशित भएपछि समाचार प्रकाशित गर्ने मिडियालाई फोन गर्दै आफू तराई रहेको बताउँदै आएपनि महतो काठमाडौं उपत्यकाको कुनै ठाउँमा लुकेर बसेको बुझिएको छ।

यतिमात्र नभई महतोले आफ्नो सम्बन्ध तराई मुलका केही नेताहरु सँग घनिष्ट रहेको भन्दै समाचार प्रकाशित गर्ने पत्रकारलाई ठाँउको ठाउँ ठिकपार्ने सम्मको धम्की दिन भ्याएका छन्।

तर राम सुन्दर महतोले गरेका यस्ता जघन्य अपराध जस्ता कार्यको नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरीरहेको बताईन्छ। शक्ति र सत्ताको आडमा गैरकानुनी एवम् मानव बेचबिखन गर्नेलाई कडा कार्वाही हुने नेपाल प्रहरीका प्रबक्ता डिआईजी दानबहादुर कार्कीको भनाई छ।

विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि यता महतो सहपरिवार फरार छन् भने उता नेपाल प्रहरीको ठुलाअपराध हेर्ने अपराध महाशाखाले कान ठाडो पारेको अबस्था छ।

यस्तै विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले समेत महतोको विषयमा चासो राखेको
बुझिएको छ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्