Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य प्रशासनमन्त्रीमा राजकुमार गुप्ता

३१ असार, काठमाडौं । राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्ता सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका हुन् ।

पर्साको तत्कालीन भौराटार ६ मा २०२७ चैत २० जन्मिएका गुप्ता वीरगञ्ज ११ श्रीपुर निवासी हुन् । वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै व्यापार पनि गर्छन् ।

२०४२ देखि अखिलबाट राजनीति सुरू गरेका राजकुमार वि.स. २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी वि.स. २०६६ मा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बने । लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

संसदीय राजनीतिमा दोस्रो पटकको पालमा उनी मन्त्री बनेका हुन् । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९को संसदीय चुनाव जितेका उनी यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीयता कार्यान्वयन र कर्मचारी प्रशासन मामिला हेर्ने मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्