Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने

३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

नवल किशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन । उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरण मन्त्री थिए ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्