Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले बेसीसहर चामे सडक अवरुद्ध

पहिरोले बेसीसहर चामे सडक अवरुद्ध भएको छ।

मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक  खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ।

चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन।

आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन्।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्