Logo
२३ भाद्र २०८१, आईतबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैक्षिक क्यालेन्डर लागू गरेकोमा प्रचण्डले दिए त्रिविलाई धन्यवाद​​​

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

निजी निवास खुमलटारमा आज त्रिविका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बराल, रजिस्ट्रार डा. केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा. खड्ग केसीसँग भेट गर्दै प्रचण्डले धन्यवाद दिएका हुन् ।

सो क्रममा उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम कार्यकारी परिषद्‌बाट पारित गरेकामा धन्यवाद दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘विश्वविद्यालयमा गुणात्मक सुधार ल्याए मात्रै मुलुकमा सकारात्मक परिवर्तन महसुस गर्न सकिन्छ । त्रिविमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेन्डरलगायत क्षेत्रमा महत्त्वपूर्ण सुधार आएको छ । यसले राम्रो सन्देश दिएको छ । भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।

भेटमा त्रिविका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको बताएका थिए ।

साथै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्