Logo
२३ भाद्र २०८१, आईतबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडाै । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियाको बटलरमा भएको कार्यक्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय संचार संस्था बिबिसीका अनुसार एक राजनीतिक र्‍यालीमा सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण भएको हो । आक्रमणकारीले चलाएको गोली उनको कानमा लागेको छ । गोली लागेपछि स्टेजमा लुकेका उनले आफूमागि गोली प्रहार भएको बताएका छन् ।

ट्रम्पमागि आक्रमण गर्ने एक पुरुष आक्रमणकारीको ‘यूएस सिक्रेट सर्भिस’ ले गोली प्रहार गरी हत्या गरेको बिबिसीले जनाएको छ । गुप्तचरका अनुसार आक्रमणकारीले र्‍यालीमा सहभागी एक दर्शकको हत्या गरेको छ, र अन्य दुई जना गम्भीर घाइते भएका छन्।

गोली प्रहारपछि ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्।

त्यस्तै राष्ट्रपति जो बाइडनले समेत आफूले ट्रम्पसँग संवाद गरेको र हत्या प्रयासको निन्दा गरेका छन् । त्यस्तै उनले ट्रम्प सुरक्षित रहेको बताएका छन्।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्