Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै केपी शर्मा ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा  नियुक्त गर्न लागेका हुन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीले दाबी पेश गरेका थिए । उनले १६६ सांसदसहित दाबी पेस गरेका थिए ।नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्रस्तावमा पेश भएका उनलाई राष्ट्रपतिले आज नियुक्त गर्न लागेका हुन् ।

यससँगै चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले पद तथा गोपनीयताको शपथ भने सोमबार मात्रै लिने तयारी गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्ने भएका छन् ।

रास्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझ ५ बजेसम्म रहने छ । त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्