Logo
२३ भाद्र २०८१, आईतबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा कामदार दम्पत्ति पक्राउ

२८ असार, विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले  बताए ।

डीएसपी बस्‍नेतका अनुसार  उनीहरूले सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए  । पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पत्ति हुन् ।

बजगाईंले सुन्दरहरैँचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए ।

बिहीबारदेखि फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।

फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

बजगाईंको शव टाउको क्षतविक्षत भएको विभत्स अवस्थामा बिहीबार बिहान १०:३० बजेतिर कुखुरा फर्मभित्रै भेटिएको थियो ।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्