Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रात्रिबसका लागि नयाँ नियम, भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

काठमाडौँ । सरकारले  काठमाडौँ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।

यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउने भएको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र मौसम प्रतिकूल भएका जिल्लामा रात्रकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर सवारी चलाउने गरी निर्णय भएको छ ।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्