Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको १ घण्टा २२ मिनेट लामो भाषण, अन्तिम हो कि जस्तो लाग्यो : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बताए ।

स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे ।

उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमाले दुई दलको भूमिका रहेको दाबी गरे ।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्