Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री दाहाललाई विश्वास मत दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

‘आज विश्वासको मत प्रस्ताव हुँदैछ, प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ। ह्विप पनि जारी गरेका छौं,’ संसदीय दल बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भने।

संसदीय दल बैठकमा रास्वपाका मन्त्रीहरूले गरेका कामबारे समीक्षा पनि भएको थियो। दाहाल नेतृत्वको सरकारमा रास्वपाका चार जना मन्त्री छन्।

प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्