Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखको दुल्लुमा बिहे गर्न वडाको सिफारिस चाहिने

७ असार, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो ।

वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो ।

वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लिलाराम लम्सालले बताए ।

‘हाम्रो वडामा अधिकांंश दलित र जनजाति समुदाय बस्छन् । धेरैले सानैमा बिहे गर्छन् । बाल विवाह गर्नुहुन्न भनेर कार्यक्रम गर्ने, स्कुलस्कुलमा पुगेर कतिलाई सम्झायौं र पनि भएन’, उनले भने, ‘वडाले नै केही निर्णय गरिदिएपछि कमी होला कि भन्ने हाम्रो लक्ष्य हो ।’

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्