Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री

तस्बिरः भगवान कोइरालाको फेसबुक।

तीन दशकदेखि मुटुरोग उपचारमा संलग्न डा. भगवान कोइरालाले संयुक्त अधिराज्यको फेलोसिप अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) उपाधि प्राप्त गरेका छन्।

संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले डा. कोइरालालाई एफआरसिएस डिग्रीबाट सम्मानित गरेको हो।

संयुक्त अधिराज्यमा यस्तो डिग्री दिने चार विश्वविद्यालय छन्। तीमध्ये एडिनबर्गको रोयल कलेज अफ सर्जन्स पुरानोमध्ये एक हो। डिग्रीप्राप्त डाक्टरलाई विश्वमै प्रतिष्ठित सर्जनका रूपमा मान्यता दिइन्छ।

सर्जिकल क्षेत्रमा लामो समय काम गरेका डाक्टरसँग परीक्षा लिएर डिग्री दिने चलन छ। यसका लागि निश्चित मापदण्ड पुगेका शल्यचिकित्सक परीक्षामा सामेल हुन्छन्। अन्य देशका व्यक्तिका हकमा सर्जिकल तथा अरू क्षेत्रमा गरेको महत्त्वपूर्ण ‍योगदानका आधारमा कलेजले परीक्षा नै नलिएर पनि डिग्री दिन सक्छ।

‘यो अवार्ड पाउनु मेरो लागि सम्मानको विषय हो,’ डा. कोइरालाले  भने, ‘मलाई गौरव महसुस भएको छ।’

एडिनबर्ग रोयल कलेज अफ सर्जन्स सन् १५०० मा स्थापित सर्जिकल संस्था हो। एफआरसिएस डिग्री पाएकाहरू उक्त कलेजले चलाउने कार्यक्रममा सहभागी हुनेदेखि विद्यार्थीलाई पढाउने र एफआरसिएसका अरू कोर्समा सहभागी हुन योग्य हुन्छन्।

डा. कोइरालालाई जुन २८ मा कलेजले डिग्री उपाधि दिएको हो।

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्