Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईपीएसमार्फत कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

काठमाडौं । रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो ।

हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लग्दै आएको छ । कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पु-याउनको लागि बोलपत्र आह्वान गरिएको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ ।

बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ ।

आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने शाखाले जनाएको छ ।

एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरूलाई सम्झौता दरमा नबढ्नेगरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्नेछ ।

हाल कोरियन एयरलायन्सले ८९५ अमेरिकी डलरमा काठमाडौंदेखि सिओलसम्म सिधा उडानमार्फत कामदार पु-याउँदै आएको छ ।

dhami

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्