Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२७ असार, देउखुरी । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् ।

उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । बिहीबार बिहान करिब साढे ५ बजे जंगलमा च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो ।

जंगल क्षेत्रमा प्रवेश नगर्न अपिल

कर्री सामुदायिक वनमा भालुको आक्रमण भएपछि जोडिएको अजम्मरी सामुदायिक वनको प्रवेशमा कडाइ गरिएको छ । वनमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने सक्ने भएकाले अजम्मरी सामुदायिक वनले नजान अनुरोध गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले राखेको क्यामेरामा अजम्मरी सामुदायिक वन क्षेत्रमा बच्चा सहितको भालु ट्रयाप भएको छ ।

 

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्