Logo
८ आश्विन २०८१, मंगलबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो।

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।

उनका अनुसार आवागमन  दुईतर्फी नै सञ्चालन गर्न अझै केही समय लाग्छ। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन्।

सडक अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरूलाई एक तर्फी खुलेपछि गन्तब्यतर्फ पठाइएको छ।

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्