Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी ३ दिनसम्म उच्च वर्षाको सम्भावना, यी क्षेत्रमा छ बाढीको जोखिम

काठमाडौं । केही दिनदेखि निष्क्रिय रहेको पुन सक्रिय भएको छ । जसका कारण देशभर साधारण बदली भएको छ ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहिबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, नवलपरासी र आसपासका जिल्ला भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा

आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । साथै ताप्लेजुङ्ग, संखुवासभा, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने अधिकांश ससाना नदीहरुको बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्