Logo
८ आश्विन २०८१, मंगलबार
(July 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस–एमालेले विपद्‍मा पनि सरकारलाई काम गर्न दिएनन् : सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदै छ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको दाबी गरे ।

सांसद ढकालले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहिँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बिचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचैन झा समातिने बित्तिकै समीकरणनै फेरबदल किन ? ’

प्रकाशित मिति: Jul 9, 2024

प्रतिक्रिया दिनुहोस्