Logo
२३ भाद्र २०८१, आईतबार
(July 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि उपकुलपति बराललाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ।

विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ।

‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

अबदेखि प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतले क्यूआर कोडमार्फत् अग्रिम समय लिएपछि मात्रै उपकुलपति बराललाई भेट्न पाउनेछन्। तर जरूरी काम परे उपकुलपतिलाई भेट्न समय भने पाइने त्रिविले जनाएको छ।

बराल गत फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।

download-1720504180.jpg

प्रकाशित मिति: Jul 9, 2024

प्रतिक्रिया दिनुहोस्