Logo
८ आश्विन २०८१, मंगलबार
(July 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले एकै परिवारका ४ जनालाई बगायाे, एक जनाको मृत्यु

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

उनीहरुलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

प्रकाशित मिति: Jul 9, 2024

प्रतिक्रिया दिनुहोस्