Logo
८ आश्विन २०८१, मंगलबार
(July 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बित महामन्त्रीबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

मंगलबार विहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकमा एजेण्डामा समसामयिक र विविध पनि छ ।’

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

प्रकाशित मिति: Jul 8, 2024

प्रतिक्रिया दिनुहोस्