Logo
२३ भाद्र २०८१, आईतबार
(July 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले कालीगण्डकी करिडोर ३ दिनदेखि बन्द

२४ असार, बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ३ दिनदेखि यातायातका चल्न सकेका छैनन् । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन हुन नसकेका हुन् ।

शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए ।

करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ ।

प्रकाशित मिति: Jul 8, 2024

प्रतिक्रिया दिनुहोस्