Logo
२३ भाद्र २०८१, आईतबार
(July 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने

कञ्चनपुर । विगत तीन दिनदेखि अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कञ्चनपुरको दोधारा चाँदनी, महेन्द्रनगर बजार लगायतका क्षेत्र जलमग्न भएका छन् ।

घरभित्रै बाढी पसेर धेरै मानिसहरू प्रभावित बनेका छन् । दोधारा चाँदनी क्षेत्रमा महाकाली नदीमा बनाइएको तटबन्ध भत्काउँदा बाढी गाउँ पसेको छ । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा बाढीमा फसेकाहरूको उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । बनबासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेजमा पानीको बहाव चार क्यूसेक मापन गरिएको छ ।
यसैबीच महाकाली प्रादेशिक अस्पतालले बाढीमा परेर घाइते भएकाहरूलाई निःशुल्क उपचार गर्ने जनाएको छ । वर्षाका कारण डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई अस्पतालले निःशुल्क स्वास्थ्य उपचार गर्ने अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले बताए ।
स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति: Jul 8, 2024

प्रतिक्रिया दिनुहोस्