Logo
२३ भाद्र २०८१, आईतबार
(July 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा ३९ औं जगन्नाथ रथयात्रा (तस्विरहरु)

काठमाडौँ । आइतबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव  गरिएको छ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी–घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली, एन. ए. सी, न्यूरोड बसन्तपुर,  हुँदै टुँडिखेलमा समापन हुनेछ ।

नेपाली ईतिहासमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रध्यक्ष  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ गरिएको छ । रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो। भारतको जगन्नाथ पुरीमा पनि आज कै दिन  विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ।

 

प्रकाशित मिति: Jul 7, 2024

प्रतिक्रिया दिनुहोस्