Logo
१९ आश्विन २०८१, शनिबार
(July 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना  

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना गरिएको छ। अमेरिका भ्रमणमा रहनु भयका नेपाल नेत्र ज्योति संघको केन्द्रीय अध्यक्ष प्राधाप्यक डा. चेत राज पन्त,  संघका माहासचिव भरत बहादुर चन्द, संघ का कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्र , बोर्डका सचिव सबिता केसी, भरतपुर आंखा अस्पतालका पूर्व प्रमुख मेडिकल निर्देशक डा. संगीता प्रधान र भरतपुर आंखा अस्पतालका बर्तमान प्रमुख मेडिकल निर्देशक डा. पुस्पा गिरी श्रेष्ठको उपस्थितिमा कोलोराडोका समाजसेवी तथा Helping Hands Health Educations international  का अधक्ष श्री नारायाण श्रेष्ठ संयोजक्त्वमा सदस्य नबिन दत्त, नवराज श्रेष्ठ, गंगा चौलागाई, जगदिश ढकाल, अर्जुन बगाले, नीलम श्रेष्ठ, बसन्त लम्साल, कृष्ण थापा, चन्द्रमान गुरुङ, सुरेश प्रधान र सुरज भण्डारी रहने गरी तदर्थ समिती गठन गरिएको छ।
उक्त तदर्थ समीतीले नेपाल नेत्र ज्योती संघ केन्द्रको मापदण्डमा रहि र कोलोराडो संघ शाखा संग समन्वय गरी नर्थ अमेरिकाभरी यसको शाखा खोल्न सकिने निर्णय समेत पास गरेको छ।

प्रकाशित मिति: Jul 5, 2024

प्रतिक्रिया दिनुहोस्