Logo
८ आश्विन २०८१, मंगलबार
(July 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु

२० असार, काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको)  छ ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै फास्ट ट्र्याकमा पर्ने तेस्रो सुरुङ पनि छिचोलिएको छ ।

सो सुरुङमार्ग छिचोल्ने कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट निरीक्षण गरेका थिए । सो अवसरमा उनले द्रुतमार्गका अन्य सुरुङहरु पनि छिचोलिने क्रममा रहेको भन्दै सरकारले दिएको जिम्मेवारी सेनाले जिम्मेवारीपूर्वक निभाइरहेको बताए ।

यसअघि ४ जेठमा दु्रुतमार्गको लेनडाँडामै रहेको काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ छिचोलिसकेको थियो ।

त्यस्तै ११ जेठमा धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटर लामो सुरुङ पनि छिचोलिइसकेको छ ।

प्रकाशित मिति: Jul 4, 2024

प्रतिक्रिया दिनुहोस्