Logo
८ आश्विन २०८१, मंगलबार
(July 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतिबाटै नेतृत्व चयन हुन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन्।

अहिले एकीकृत समाजवादी १० औं महाधिवेशन गरिरहेको छ।

पार्टीका नेताहरूसँग बिहीबार एक होटलमा छलफल गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सहमतिबाटै महाधिवेशनले नेतृत्व चयन गर्ने बताए।

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र नेता घनश्याम भूसाल प्रतिस्पर्धा गर्ने चर्चा भए पनि उम्मेदवारी दर्ता भइसकेको छैन।

‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने। एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ।

प्रकाशित मिति: Jul 4, 2024

प्रतिक्रिया दिनुहोस्