Logo
२२ असार २०८१, शुक्रबार
(July 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा वैठकमा Live प्रस्ताव अस्विकृत भएपछि माहामन्त्रीले लगाएका थिए, मूखमा टेप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैठकमा महामन्त्री मुकुल ढकालले राखेको Live  प्रस्ताव अस्विकृत भएपछि उनले मूखमा टेप लगाएको कुरा खुलेको छ । बुधवारको बैठकमा महामन्त्रीको माक्समाथी टेपवाला फोटा भाइरल भएपछि उक्त कुरा बाहिरिएको हो ।

सहप्रवक्ता समेत रहेका पार्टीका नेता तथा सांसद मनिस झाले उक्त कुराको पुष्टि गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन् :

‘महामन्त्रीज्यूले प्रतिवेदन Live गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापति ज्यू ले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो।त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ज्यूले वाचन गर्नुभयो। खाना खाने ब्रेक पश्चात १२स्३० बाट शुरू हुदै गरेको बैठकमा ईच्छा अनुसार सबैले आफ्नो धारणा राख्नेछन।’

ढकालले मूखमा टेप लगाउनु अघिका तस्विरहरु : 

प्रकाशित मिति: Jul 3, 2024

प्रतिक्रिया दिनुहोस्