Logo
८ आश्विन २०८१, मंगलबार
(July 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिको स्वागतसहित समर्थन गरेको छ भने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने नयाँ राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने ‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ’ ।

उनले आफुहरुले वर्तमान सरकारको निरन्तरतामा जोड दिएका बेला सत्ता साझेदार दलहरुसंग छलफल नगरि प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतिय सरकारको बहस चलाएको तर एमालेले बिपक्षी दलबाट जानकारी पाउनुपर्ने अवस्था गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्रीले नै राष्ट्रिय सहमतिय सरकारको कुरा गरेपछि अहिले नयाँ कोर्शमा पुगिएको जिकिर गरे । ज्ञवालीले संविधान बनेको लामो समय भइसक्दा यसको कमी कमजोरीका बारेमा समिक्षा गर्ने र राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति: Jul 3, 2024

प्रतिक्रिया दिनुहोस्