Logo
२३ असार २०८१, शनिबार
(July 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार थिए तर  सीआईबीको टोलीले उनलाई असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।

थापाले पीडितबाट रकम लिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

प्रकाशित मिति: Jul 2, 2024

प्रतिक्रिया दिनुहोस्