Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाले जनकपुरधाम जलमग्न (तस्वीरहरू)

१८ असार, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ ।

वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । बिहानसम्म जनकपुरधामको ‘सिक्स लेन’ सडकमा आधा पानी जमेको थियो ।

जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ ।

जनकपुर डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।

नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या छ ।

प्रकाशित मिति: Jul 2, 2024

प्रतिक्रिया दिनुहोस्