Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैँ । नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने गिरोह पक्राउ परेको छ । नक्कली सुनको मुर्ति देखाई ३० लाख ठगि गरेको आरोपमा प्रहरीलाई ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ७ विष्ट गाँउ घर भएर खहरेमा सोफा पसल गर्ने ३१ वर्षीया दिनेश न्यौपानेलाई भारतको उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौँको कमलपोखरी बस्ने वर्षीया कलाकार दासले नक्कली सुनको मुर्ति देखाई नगद तीस लाख ठगी गरेका हुन् । ठगिएको सूचनापश्चात खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग काडाँघारीको संयुक्त टोलीले उनीसहित उक्त कार्यमा संलग्न अन्य ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरुमा भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौँको कमलपोखरी बस्ने ४० वर्षीय कलाकार दास, म्याग्दि रघुगंगा गाउँपालिका ७ घर भई हाल ललितपुर धोबीघाट बस्ने ६४  वर्षीय क्षेत्र बहादुर शाही, धादिङको निलकण्ठ नगरपालिका २ घर भई काठमाडौँको डल्लु बस्ने ३८ वर्षीय दिपक थापा, दाङ घर भई काठमाडौँको लाजिम्पाट बस्ने ३५ वर्षीय वसन्त चौधरी र काठमाडौँ महानगरपालिका १५ चौमती घर भएका ५५ वर्षीय रविन महर्जन रहेका छन् ।

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान नक्कली सुनको बुद्धको मुर्ति र चौध लाख रुपैँया नगद बरामद गरेको छ । त्यस्तै उल्लिखित अभियुक्तहरुलाईखनियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्