Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० किलो सुन प्रकरण : यी हुन सीआईबीले पक्राउ गरेका थप १२ अभियुक्तहरु

काठमाडौँ । गत वर्ष साउनमा त्रिभुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको दोस्रो चरणको अनुसन्धानमा थप १२ जना अभियुक्तहरु पक्राउ परेका छन् ।

सोमबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार सम्मेलन गरेर सो प्रकरणको अनुसन्धान क्रममा तस्कर समूहले विभिन्न ५ कम्पनीका नाममा ३१ सय ९४ किलो  सुन तस्करी गरेको  र सो कार्यमा संलग्न थप १२ जना पक्राउ परेको जानकारी दिएको हो ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञावालीकाअनुसार पकाउ पर्नेहरुमा सुनका भरिया, सुन प्रशोधन, ओसार पसार र सुनको अवैध रकम भुक्तानी र तस्करीको सुन खरिद गर्नेहरु रहेका छन् ।

प्रहरीले न्यूरोडमा सुनको रिफाइनरी सञ्चालन गर्ने भारतीय नागरिक अशोक गायकवाड (सिद्धार्थ), सोही पसलका सहयोगी धिरज दिनेश भोईटे, पाटनमा टन्च हाउस सञ्चालन गर्ने प्रशान्त गणेश बजबलकर र चिनियाँ नागरिक हाल बौद्ध बस्ने कुंगा टासी भन्ने राजु भोटे पक्राउ परेका छन् ।

यस्तै काभ्रे तेमालका थर्कमान लामा भन्ने कान्छा लामा, अवैध सुन खरिद गर्ने पर्साका सुरेन्द्रमान श्रेष्ठ, सुनको कारोबारमा संलग्न भक्तपुरका राजु खत्री, धादिङ सिद्धलेक ४ का राजु थापा भन्ने प्रेमनाथ सेढाई पनि पक्राउ परेका छन् ।

अवैध सुन खरिद गर्ने भारतिय नागरिक बैजनाथ ब्रम्हादत्त गोयल, भारत निर्वासनमा रहेका चिनियाँ मुलका सोनाम गुरुङ भन्ने शेरब ग्याल्मो, चितवन भरतपुर १ बेल्टाडीस्थित मुक्तिनाथ सुन चाँदी पसलका सञ्चालक एनजे भन्ने मनोज श्रेष्ठ र सुनको भुक्तानी गर्ने कार्यमा संलग्न काभ्रे भुल्मु १ का रुप भण्डारीलाई पनि नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ ।

उनीहरुमाथि जम्मा बिगो मागदाबी २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । उनीहरु माथि भन्सार ऐन, संगठित अपराध ऐन, मुलुकी अपराध ऐन अन्तर्गत मुद्दा दायर हुने सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्