Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ वटा काण्डहरुको छानबिन गर्न आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री

१७ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।

‘कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नको निमिक्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।

भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए ।

‘कोही पनि बेचैन हुनु पर्दैन । भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्