Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीमा बन्द सत्र चलाउन झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन

नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।

त्यस्तै जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्सीय बहस नोट कमिटी गठन भएको एकीकृत समाजवादीले जानकारी दिएको छ।

गंगालाल तुलाधर र विजय पौडेल रहेको माइन्युट कमिटी गठन गरिएको छ।

यसैबीच दसौं राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने एकीकृत समाजवादीले जानकारी दिएको छ।

पार्टी केन्द्रीय सचिवालय सदस्यहरूले नमूना मतदानसमेत गरेको एकीकृत समाजवादीले बताएको छ।

एकीकृत समाजवादीको महाधिवेशन आइतबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको हो। महाधिवेशन असार २० गतेसम्म चल्नेछ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्