Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने?

भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ ।

रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा, किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा

साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । काठमाण्डौमा खोलामा ढल मिसाउने चलन सुरु हुन अघि साउने खोला उर्लेर आउदा माछा मार्ने परम्परा थियो । यो परम्परालाई जीवन दिनको लागि ढलको ब्यबस्थापन गर्ने कार्य ढिलो गतिमा भैरहेको छ । खोला किनारमा फोहर बस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ ।

साइकल यात्राको रुटहरु

पाँचाख्य

नेवार भाषामा पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ । यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्यबिनायक नगरबाट बग्दै आएको खोलाहरुको संगम हनुमानघाटमा पनि छ । यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ । यहीबाट सहरका बिभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाण्डौ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा सुरु गर्दा पनि हुन्छ ।

पाँचाख्य देखि थिमी पुल सम्म

पाँचाख्यबाट साइकल यात्रा सुरु गरे पछि हनुमन्ते खोलामा भक्तपुर सहर र सुर्यबिनायक क्षेत्रबाट खोल्सीहरु मिसिन आउछ । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुदै यात्रा थिमि स्थित पुलमा पुग्न सकिन्छ । यस क्रममा झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छ ।

थिमी देखि सल्लाघारी

थिमीको पुल पुगे पछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुदै निकोसेरा हुदै सल्लघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रसोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालनमा छैन ।

सल्लाघारी देखि टाउन प्लालिङ

सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा केही नाम चलेका स्कूलहरु देख्न सकिन्छ ।

डेकोचा देखि वन्ती सम्म

यहाबाट अगाडी जाने ४ वटा बिकल्पहरु छन् । पहिलो बिकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने होे । दोक्षो र तेश्रो बिकल्प खोलाको दायाँ र बाँया तिरमा रहेका गोरेटो बाटोमा साइकल डोर्‍याउदै खोलाको मज्जा लिनु हो । चौथो बिकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुदै वन्ती पुग्ने हो ।

वन्ती देखि छालिङ पुल सम्म

वन्ती पुगे पछि पनि दुइ वटा बिकल्प छन् । एउटा बिकल्पको खोलाको किनारा हुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो । अर्को भने साइकलमा कच्ची बाटो हुदै छालिङ पुल पूग्न सकिन्छ ।

छालिङदेखि महादेवखोला पुल

छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला पुल पूग्न सकिन्छ । अर्को चाही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुदै चाँगु नगरपालिकको कार्यलय परिसर पुग्न सकिन्छ । यहाँबाट खरीपाटी बिद्युत तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।

महादेवखोला पुल देखि ब्रम्हायणी पुल

महादेव खोलाको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलबिनायक टाउन प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ ।

ब्रम्हायणी देखि मल कारखाना

ब्रम्हायणी देखि खोलाको किनारामा सहर बिकास गरिएकोले बाटो ब्यबस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको सहरमा पुरानो सहरको परम्पगरात उद्योगहरु सारिएका छन् । धौ, काष्ठकला, धातुकला, मुर्तिकला, माटोको भाडा बनाउने शिल्पीहरुको बसोबास यहाँ रहेको छ ।

मलकारखाना देखि पाँचाख्य सम्म

मल कारखाना अगाडी बन्दै गरेको पुल हुदै थुसाचाको दुवै पुल तरे पछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल पुगिन्छ । यहाँ बाट सय मिटर दक्षिण लागे पछि यात्रा सुरु गरेको पाचाख्यको पुल पुगे पछि यात्राको एक फन्को पुरा हुन्छ ।

थप गन्तब्य

यात्राको एक फन्को पछि अरु गन्तब्यहरुमा पनि जान सकिन्छ । आबश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।

 

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्