Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँमा विक्रि गर्न पाइने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँमा विक्रि गर्न पाइने छ ।

यता चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६४ रुपौयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ तोकिएको छ ।

निगमले हवाई इन्धन तथा खाना पकाउने एल.पी. ग्यासकाे मूल्य भने यथावत् राखेकाे छ ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्