Logo
५ आश्विन २०८१, शनिबार
(June 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

१६ असार, काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ ।

उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले बताएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

प्रकाशित मिति: Jun 30, 2024

प्रतिक्रिया दिनुहोस्