Logo
८ आश्विन २०८१, मंगलबार
(June 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर नकारात्मक भाष्य चिरौं : प्रधानमन्त्री

१४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताएका छन् ।

कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्यलाई चिर्नुपर्ने उनको जोड छ ।

जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत भएको बताउँदै उनले भने, ‘धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ ।’

उनले थपे, ‘हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ ।’

क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्दै उनले सरकारको यो प्रयासमा लोकतान्त्रिक र वाम शक्तिको साथ आवश्यक रहेको बताए ।

‘उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति: Jun 28, 2024

प्रतिक्रिया दिनुहोस्