Logo
२८ पुस २०८१, आईतबार
(June 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथ घुम्न आएका भारतीय युवाहरु सामुहिक बलात्कार आरोपमा पक्राउ

घुम्न आएका भारतीय युवाहरुका एक समूह बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४ भारतीयसहित ७ जना छन् ।

प्रहरी अनुसन्धानमा प्रतिवादीले बताए अनुसार चार जना भारतीय युवा गत मे ३१ तारिखमा फर्च्युनर गाडी चढेर वीरगन्ज आएका थिए। वीरगन्जमा रहेका नेपाली साथीलाई लिएर उनीहरू जेठ १८ गते राती अग्रिम बुक गरेको स्काइलाइन होटल पुगेका थिए।

बिहान उठेर पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको र सुन्धारामा आएर खाना खाएपछि वीरगन्जका साथीले बेलुका केटी मिलाउँछु भनेको पक्राउ परेका मध्ये एक भारतीयले बयान दिएका छन्।

जाहेरवालाका अनुसार ती नेपाली युवाले करणी गरेपछि अन्यले पनि प्रयास गर्न खोज्दा उनले प्रहरीलाई खबर गरेकी थिइन्।

पक्राउ परेका भारतीय युवा, गेस्ट हाउस सञ्चालकसहित ७ जनाविरुद्ध जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र मानव बेचबिखन कसुरमा अभियोग दायर भएको छ।

घटना यस्तो छ :
गत जेठ १९ गते उक्त समूहले काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसका सञ्चालकसँग साढे ६ हजार रुपैयाँमा कुरा मिलाएर पीडित युवतीलाई भारतीय नम्बर प्लेटको फर्च्युनर गाडीमा राखेर ठमेलस्थित स्काइलाइन होटल पुर्‍याएको थियो।

जाहेरवाला ती युवतीका अनुसार त्यहाँ उनलाई जबरजस्ती मदिरा सेवन गराइएको थियो । मदिरा सेवनपछि एक जना मात्र कोठाभित्र बसेर बाँकी त्यहाँबाट निस्किएका थिए।

तर ती युवकसँग शारीरिक सम्बन्ध राखेपछि अरू युवा पुनस् कोठामा आएर शारीरिक सम्बन्ध राख्न खोजेको जाहेरवालाको दावी छ। त्यसपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन्।

युवतीका अनुसार उनी बुबाले अर्की श्रीमती ल्याएको र आमा पनि अर्कैसँग हिँडेका कारण काम खोज्दै केही समयअघि भोटेबहालस्थित गेस्ट हाउसमा काम गर्न पुगेकी थिइन्।

जेठ १९ गते गेस्ट हाउसका सञ्चालकले गेस्टहरू आउँदै छन्, एक जनासँग रात बिताए २ हजार रुपैयाँ दिने भनेर अग्रिम जानकारी गराएको जाहेरवालाको जाहेरीमा उल्लेख छ।

 

प्रकाशित मिति: Jun 27, 2024

प्रतिक्रिया दिनुहोस्