Logo
१८ असार २०८१, सोमबार
(June 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE को नतिजासँगै २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

माध्यामिक शिक्षा परीक्षा (SEE) को २०८० को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।

एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।

१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।

परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ।

उक्त निर्देशिकामा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक-फरक गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।

सैद्धान्तिकतर्फको ७५ पूर्णांकको विषयमा कम्तिमा २७ अंक र आन्तरिकतर्फको २५ पूर्णांकमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ।

दुइवटा विषयसम्म नन ग्रेड (एनजी) आएका परीक्षार्थीहरूले १ महिनापछि पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। त्यसको नतिजा पनि एक महिनामै सार्वजनिक गरिनेछ।

दुई वा त्योभन्दा बढी विषयमा एनजी आएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्रै ग्रेडवृद्धीका लागि परीक्षा दिन पाउनेछन्।

प्रकाशित मिति: Jun 27, 2024

प्रतिक्रिया दिनुहोस्