Logo
१५ असार २०८१, शुक्रबार
(June 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अव्यवहारिक भन्सार वृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरु प्रदर्शनमा (तस्विरहरु)

काठमाडाैँ । सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

हाल सुनमा लगाइएको अव्यहारिक भन्सार बृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौं न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा पसल बन्द गर्दै विरोध जनाएका छन् । उनीहरुले अव्यवहारिक सुनको भन्सार बृद्धिका कारण उपभोक्तालाई महङ्गो पर्ने, कालीगढहरुलाई विस्थापीत गर्ने अवस्था निर्माण भएको जनाएका छन् । त्यस्तै भन्सारबृद्धिका साथै गहनामा बिलासिता कर लगाउने निर्णयको विरोध गर्दै शान्तिपूर्ण पदयात्रा गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । त्यस्तै सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशिका, ऐन तुरुन्त लागू गर्नुपर्ने माग पनि आफुहरुको रहेको उनले जानकारी दिए ।

त्यस्तै व्यवसायीहरुले सुनचाँदीमा आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य केहि व्यवसायीहरुले गरेको भन्दै त्यसको समेत विरोध समेत गरेका छन् ।

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्