Logo
१५ असार २०८१, शुक्रबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङमा पहिरोले पुरिएका चार जनाको शव फेला (अपडेट)

लमजुङ । लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाहरूको शव भेटिएको हो ।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव बुधबार भेटिएको स्थानीय चित्र घलेले जानकारी दिएका छन् ।

पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् ।

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्