Logo
१३ आश्विन २०८१, आईतबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले अवरूद्ध जाजरकोट-डोल्पा सडक खुल्यो

जाजरकोट खण्डमा पहिरो जाँदा अवरुद्ध भएको जाजरकोट-डोल्पा सडकखण्ड खुलेको छ।

बुधबार बिहान सवा ६ बजेदेखि अवरूद्ध सडक साढे ११ बजेदेखि खुलेको हो।

भेरी नगरपालिका-३ रिम्ना नजिक पहिरो जाँदा डोल्पा सडकको खलंगा-रिम्ना खण्ड अवरुद्ध भएको थियो।

सडक खुलेसँगै सवारी आवागमन सुरू भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद सापकोटाले जानकारी दिए।

उक्त खण्ड अझै पनि पहिरोको जोखिममा रहेकाले वर्षाको समयमा जुनसुकै बेला पनि अवरुद्ध हुन सक्ने डिएसपी सापकोटाले बताए।

‘सडक माथिको भाग झुण्डिएर बसेको अवस्था छ, जतिबेला पनि खसेर सडक अवरुद्ध हुन सक्छ,’ उनले भने, ‘आवतजावत गर्ने सवारीसाधन र पैदल यात्रीले सजगता अपनाउनुपर्ने छ।’

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्