Logo
१५ असार २०८१, शुक्रबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्‍याउँदा उनको मृत्यु भएको बोहराले बताए। त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो।

उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर अन्य ६ जना घाइते भएका छन्।

घाइते हुनेमा कैलाली जानकी गाउँपालिका-४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका-६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन्।

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्