Logo
१५ असार २०८१, शुक्रबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्रको गितार उपहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । साथै करणलाई प्रधानमन्त्रीले  गितार उपहार पनि दिए ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री भेटेपछि करणले आफूलाई प्रधानमन्त्रीले सरप्राईज गिफ्ट दिएको भन्दै थप पे्ररणा मिलेको बताए ।

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्